मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

पशुपति धर्मशालामा सञ्चालित आनन्द हाेटलसँगकाे सम्झाैता रद्द

Prahar Entertainment Media 1+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित बतास समूहको होटल आनन्द प्रा.लि.सँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ ।

कोष र होटेल आनन्द प्रा.लि.काबीच धर्मशाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्दले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना निकालेर जनाएको छ ।

तिलगङ्गामा रहेको नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेपछि कोषले सार्वजनिक सूचना निकालेर सम्झौता रद्द गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको थियो । तर,बतास समूहले पत्र बुझ्न अस्वीकार गरेपछि कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना नै निकालेको हो ।

परिषद्ले होटल आनन्द प्रा.लि.का सञ्चालक आनन्द बतास र प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा सार्वजनिक सूचना निकालिएको छ ।

पशुपति क्षेत्र विकास कोष र होटल आनन्द प्रा.लि.का बीचमा नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडामा सञ्चालन गर्ने बारेमा सम्झौता भएकोमा भाडामा लिने पक्ष आनन्द होटल प्रा.लि.ले सम्झौतामा लेखिएको विभिन्न सर्तहरू पालना नगरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै