कुसुन्ती युवा क्लब र वडा स्तरीय युवा क्लब-१३ को संयुक्त आयोजनामा प्रथम कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता अर्को साता हुने भएको छ ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २४ देखि २८ सम्म हुने जानकारी दिएको हो । प्रतियोगिताका खेल जावलाखेल खेल मैदानमा हुने छन् ।
प्रतियोगितामा ३२ टोलीको सहभागिता हुने र २७ टोलीले नाम दर्ता गराइसकेको आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी दिए ।
प्रतियोगितामा उपत्यका बाहिरबाट नवलपुर र वीरगञ्जका टोलीले सहभागिता जनाउनेछन्