मगरहरुको राष्ट्रिय पर्व फागुन १५ गते, एक दिन नवलपुर जिल्लाका केही स्थानीय तहहरुले सार्वजनिक विदा दिनेभएका छन । सार्वजनिक विदा घोषणा गर्ने स्थानीय तहहरुमा,बुलिङ्टार गाउँपालिका, विनयत्रिवेणी गाउँपालिका, देवचुली नगरपालिका,मध्यबिन्दु नगरपालिका रहेका छन। ति पालिकाहरुले आज प्रेस नोट जारी गरि सार्वजनिक विदाको घोषणा गरेका हुन ।
फागुन १५ लाई मगरहरुले एकता दिवसको रुपमा मनाउदै आईरहेको छ । विक्रम संवत २०३९ साल फागुन १५ गते मगर संघको पहिलो राष्ट्रिय सम्मेलन तनहुँको दमौलीमा सम्पन्न भएको थियो, सोही दिनलाई आधार मानी मगरहरुले फागुन १५ लाई राष्ट्रिय एकता दिवस मानेका हुन । फागुन १५ मा मगरहरुले घरमा आफ्ना नाता कुटुम्बलाई बोलाई मिठोमसिनो खानेकुरा खुवाउने घर आंगन लिपपोट गर्ने वातावरण सफा राख्ने गर्दछ्न । मगर संघको विभिन्न तहका समितिहरुले भेला बैठक सभा बोलाई शुभकामना आदन-प्रदान कार्यक्रम पनि गर्ने गर्दछ्न ।
फागुन १५ गते सार्वजनिक विदा !
१३ फाल्गुन २०७८, शुक्रबार