मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

मुस्ताङमा जलवायु सम्मेलन : अध्यक्ष मोहनसिंह लालचनको पहलमा ऐतिहासिक कदम

Hari Bahadur Giri 25+ समाचार ( )
मुस्ताङमा जलवायु सम्मेलन : अध्यक्ष मोहनसिंह लालचनको पहलमा ऐतिहासिक कदम
४ भाद्र २०८२, बुधवार

मुस्ताङ, नेपाल — जलवायु परिवर्तनका कारण नेपालभरि असर पर्न थालेको छ भने हिमाली जिल्ला मुस्ताङ विशेष प्रभावित भएको छ। यसैबिच, मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको नेतृत्वमा भदौ ३१ गते जलवायु सम्मेलन आयोजना हुने भएको छ।

लालचनले मुस्ताङजस्तो शुष्क क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रत्यक्ष असरबारे निरन्तर आवाज उठाउँदै आउनुभएको छ। उहाँका अनुसार, “जलवायु परिवर्तनले तराईदेखि हिमालसम्म असर पुर्‍याएको छ। अब देशभरका जनप्रतिनिधिहरू एकजुट भई समस्याको साझा समाधान खोज्नु अत्यावश्यक छ।”

अध्यक्ष लालचनको योजनाअनुसार सम्मेलनमा देशभरका ७५३ पालिकाबाट करिब ३ हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। सहभागीलाई मार्फा, जोमसोम, स्याङ र ठिनीका होटल तथा होमस्टेमा बसोबासको व्यवस्था मिलाइएको छ।

सम्मेलनपछि “घरपझोङ जलवायु घोषणापत्र” जारी गरिनेछ, जसमा सहभागीहरूले जलवायु संरक्षणका लागि साझा प्रतिबद्धता जनाउनेछन्। आयोजकको विश्वास छ कि अध्यक्ष लालचनको यस नेतृत्वदायी पहलले स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म जलवायु परिवर्तनबारे ध्यानाकर्षण गर्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार