मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

मन्त्री ढेंगामगरद्धारा यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासी उद्घाटन

Prahar Entertainment Media 1+ समाचार ( )
मगरात खबर डटकम
२ फाल्गुन २०७८, सोमबार

                                                                                 फागुन १, लुम्बिनी प्रदेशकी श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्री पुर्मती ढेगा मगरलेआइतबार नवलपरासी पश्चिम सदरमुकाम रामग्राममा यातायात ब्यवस्था सेवा कार्यालयको उद्घाटन गर्नु भयो। मन्त्री ढेगा मगरले जनतालाई पायक पर्ने ठाउँबाट सहज रुपमा सेवा प्रवाह गर्नुनै संघीयताको मर्म भएको भन्दै सोही अनुसार प्रदेश सरकारले नवलपरासीमा यातायात ब्यवस्था सेवा कार्यालय स्थापना गरेको बताएकी छिन।

लुम्बिनी प्रदेशमा गठबन्धन सरकार बनेदेखि प्रदेशवासी जनतालाई संघीयताको अनुभुत हुनेगरी सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकतामा  गतिविधि  बढाई रहेकी छिन । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढेंगा मगरले  जग्गा ब्यवस्थापन भए निकट भबिस्यमै नवलपरासी पश्चिम जिल्लामा लाइसेन्सको ट्रायल लिने देखि यातायातसँग सम्बन्धित सबै सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरिन् । जनतालाई नजिकबाट सेवा प्रवाह गर्ने उदेश्यले मन्त्रालयले यही फागुन ४ गते कपिलबस्तुमा समेत यातायातको सेवा कार्यालय स्थापना गर्न लागेको जानकारी गराउदै उनले आफ्नो कार्यकालमा सेवा कार्यालय बिस्तारलाई तिब्रता दिने बताइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले आफुले सधै प्रदेश सभामा उठाउदै आएको एउटा माग आज पुरा भएको भन्दै सेवा कार्यालयलाई जतिसक्दो छिटो ट्रायल सेन्टरसहितको यातायातसँग सम्बन्धित सबै सेवा उपलब्ध गराउने ब्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।बर्षाका कारण नवलपरासी पश्चिमका कृषकको धानबालीमा ठुलो क्षति भए पनि हालसम्म कृषकले राहत नपाएको भन्दै उनले किसानलाई तत्काल राहत उपलब्ध गराउन र नागरिकता समस्या समाधान गर्न माग गरे ।

श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयका सचिब दीपकराज नेपालको अध्यक्षता र मन्त्री ढेगा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व रक्षा राज्यमन्त्री रामबच्चन यादव,पुर्व स्थानीय विकास राज्यमन्त्री घनश्याम यादब,संबिधान सभा सदस्य चिनक कुर्मी,नेकपा एमाले नवलपरासीका नेता राजन आचार्य,नेपाली कांग्रेसका नेता बिक्रम यादब,नेकपा माओवादी केन्द्रका नेता बुद्धवन अली,जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादब,नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र,कृषक हक हित संरक्षण मञ्चका अध्यक्ष शम्भु उपाध्याय,रामग्राम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राम मण्डल यादब,रामनगर नगरपालिका वडा नं ४ का अध्यक्ष मदन यादब,पत्रकार बेचु गौड लगायतले जिल्लामा यातायातको सेवा कार्यालय स्थापना हुनु सुखद रहेको भन्दै आगामि दिनमा थप सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार