मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

गण्डकी प्रदेशमा अब उत्पादनमा आधारित अनुदान: मन्त्री बुढा

Prahar Entertainment Media 1+ समाचार ( )
मगरात खबर डटकम
९ फाल्गुन २०७८, सोमबार

गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढामगरले कृषि क्षेत्रमा दिइने अनुदानलाई उत्पादनसंग जोड्ने बताउनुभएको छ । मन्त्री बुढामगरले शुक्रबार कृषि ज्ञान केन्द्र लमजुङ र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको निरीक्षण गर्दै उत्पादनमा आधारित रहेर अनुदानको व्यवस्था गर्ने सोंच बनाएको र यसले राम्रो प्रभाव पार्ने बताउनुभयो । प्रदेश सरकारले आफ्नो नीति, कार्यक्रम निर्माणमा, मापदण्ड बनाउँदा ध्यान दिने उहाँले बताउनुभयो । उहाँले कतिपय ठाउँमा कृषिको अनुदान दुरुपयोग भयो भन्ने गुनासो आइरहेकाले यसको अन्त्य गर्ने बताउनुभयो । मन्त्री बुढाले व्यवसायिक रुपमा लागेका किसानलाई उत्साहित गर्ने काम गर्दै आएको बताउनुभयो । कृषि क्षेत्रमा लागेका किसानलाई अनुदान प्रक्रिया झन्झटिलो भयो भन्ने गुनासो आएकाले यसलाई सहज बनाउनतर्फ पहल गर्ने उहाँको भनाई छ । साना कुराका कारण पनि समस्या हुन सक्ने भएकाले यसमा सचेत भएको भन्दै मापदण्ड संशोधन गर्नपर्ने अवस्थामा आफु सचेत भएर लाग्ने बताउनुभयो । उहाँले बजेट प्रवाह हुने तर, काम नहुने अवस्थाको अन्त्य गरिने बताउनुभयो । उहाँले किसान, समुदायलाई सन्तुष्ट हुने हिसावले काम गर्ने उल्लेख गर्नुभयो । किसानलाई व्यवसायिक बनाउन, टिकाउन, व्यवहारिकतामा जोड दिने बताउनुभयो । उहाँले किसान, कर्मचारीको प्रतिक्रियाको अपेक्षा समेत गर्नुभएको छ ।
आगामी दिनमा अझ गुणात्मक रुपमा काम गर्न सकिने भन्दै कृषि र भेटेरिनरी केन्द्रहरुको निरीक्षण तथा अनुगमन, भेटघाटमा हिँडेको बताउनुभयो । जनशक्ति अभाव, साधन स्रोत अभावका कारण पनि लमजुङमा राम्रो काम भएको बताउनुभयो । उहाँले कृषि ज्ञान केन्द्रको कार्यालय परिसर, कार्य प्रगति, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय परिसर अनुगमन गरी कार्य प्रगतिको बारेमा जानकारी लिनुभएको थियो । कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख बरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठको कार्यालयको प्रगतिको बारेमा, गतिविधिको बारेमा जानकारी गराएका थिए । अनुगमनको क्रममा कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ मदन रेग्मी, अन्य कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीको उपस्थिति थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार