मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

‘योग जीवनका लागि आवश्यक’

Prahar Entertainment Media 1+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

दमौली । तनहुँको व्यास नगरपालिका–५ का रामकाजी श्रेष्ठ बिहान सबेरै उठेर योग गर्न पुगे । बिहान ५ बजेदेखि ७ बजेसम्म पाँच दिन नियमित योग शिविरमा सहभागी भएका उनले अब घरमै पनि योग गर्न जान्ने भएका छन् ।

व्यास नगरपालिकाको आयोजना र पतञ्जली योग समितिको व्यवस्थापनमा चापाघाटस्थित शान्तिवर्ष बोर्डिङ स्कुलको प्राङ्गणमा यही चैत १६ गतेदेखि २० गतेसम्म आयोजित शिविरमा उनले योगका विभिन्न प्रकार सिके । “पाँच दिनको शिविरले योगका बारेमा धेरै कुरा सिकायो, अब त घरमै पनि आफैँले गर्न सक्छु,” उनले भने, “ योग गर्दा शरीरमा छुट्टै फुर्ति आउँदो रहेछ ।”

चापाघाट टोल विकास संस्थाका अध्यक्षसमेत रहेका उनले सबैले नियमितरुपमा योग गर्नुपर्ने सुझाव दिए । “अब त म पनि बिहान नियमित योग गर्छु, अरुलाई पनि योग गर्न प्रेरणा दिन्छु”, उनले भने । सोही वडाको कन्टार टोल विकास संस्थाका अध्यक्ष भद्र खनाल पनि नियमितरुपमा योग शिविरमा सहभागी भए । पाँच दिन नियमितरुपमा योग गर्दा पनि शरीर स्वस्थ भएको अनुभव भएको उनले सुनाए । “म पनि अब घरमै नियमित योग गर्छु, योग मानिसको जीवनका लागि अति आवश्यक छ”। उनले भने ।

जिल्लामा आयोजना हुने योग शिविरमा सर्वसाधारणको आकर्षण बढेको छ । चापाघाटमा आयोजित शिविरमा दैनिक ३०० भन्दा बढीको सहभागिता रहने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । शिविर सञ्चालन भएपछि नियमितरुपमा योग गर्नुपर्छ भन्ने चेतना जागृत भएको उनले बताए । “योग भनेको मानिसको जीवनमा सधैँ आवश्यक छ भन्ने प्रेरणा शिविरले दिएको छ”, उनले भने, “योगको महत्व प्रचारप्रसारका लागि पनि शिविर सार्थक भयो ।”

शिविरमा सहभागी हुनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले योगले मानिसलाई स्वस्थ राख्ने भएकाले नियमित योग गर्नुपर्ने बताए । शिविरमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललगायतको सहभागिता रहेको थियो ।

पतञ्जली योग समितिले जिल्लाका विभिन्न स्थानमा योग शिविरको आयोजना गर्दै आएको छ । यसअघि पतञ्जलीले व्यास–५ कन्टारमा, आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा योग शिविर सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया

spociog १२ भाद्र २०८१, बुधवार

My say- sign of history that am resulting unbalanced is intense suger cravings priligy side effects

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार