१७ कात्तिक, विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्समा सरकारी टोलीले छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद गरेको छ ।
तिहारको धन्तेरसमा बिक्री गर्नका लागि भारतबाट तस्करी गरी २०० किलो सुनचाँदीका गहना विराटनगर भित्राएको सूचनापछि प्रहरी, प्रशासन, भन्सार र आन्तरिक राजस्व कार्यालयको संयुक्त टोलीले विहीबार छापा मारेको थियो । भारतीय नागरिक विश्वजित जानाले सञ्चालन गरेको ज्वेलर्सबाट एक सय किलो मात्रै बरामद भएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । बिहीबार दिउँसो पसलबाट बरामद भएको गहना राति अबेर मात्रै जोखेर सकिएको थियो ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालका अनुसार रसायनसहित तौल लिँदा चाँदीका सामग्री तथा गहना ९९.९४६ किलोग्राम थियो । सुनका गहना १५३.८ ग्राम रहेको उनले बताए । काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला परेको थियो । दाहालका अनुसार बरामद भएको सबै मालवस्तु राष्ट्र बैंकले गालेर परिणाम यकिन गर्नेछ ।
भारतको पश्चिम बंगालको मजलिसपुर घर भएकाले विराटनगर–११ पिचरा रोडमा पशुपति ज्वेलर्स सञ्चालन गर्दै आएका थिए ।
So, should you ever doubt that positive result how to get cytotec tablets
When will Cenestin be available where can i buy priligy online safely